बागमतीको मुख्यमन्त्रीमा थापा मगरलाई समर्थन गरिएको कुराप्रति राप्रपाको आपत्ति, मान्यता नदिन आग्रह गर्दै महामन्त्री गुरुङले लेखे प्रदेश प्रमुखलाई पत्र
हेटौंडा,३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत आफ्ना प्रदेशसभा सदस्यहरूले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको भनी बुझाइएको पत्रप्रति आपत्ति जनाएको छ। राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पत्र पठाउँदै पार्टीको सहमतिबिना बुझाइएको उक्त पत्रलाई मान्यता नदिन आग्रह गरेका हुन्। […]










