कलाकारितासंगै व्यवसायमा रमाईरहेका भाईरल ‘मामा-भान्जा’
काठमाडौं,२ भाद्र । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ । विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । यो एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।

टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । गोरखाका सामान्य व्यापारी जोडी सागर अन्सारी ‘हेन्सम मामा’ र सन्देश श्रेष्ठ ‘भाइरल भान्जा’को रुपमा पछिल्लो समय टिकटकमा भाइरल बनेको छ । उनिहरुले रमाइलोसंगै समाजमा खड्केका विषयवस्तुलाई उठान गर्दै टिकटक भिडियो बनाउदै आइरहेका छन् ।
कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।
टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर–किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।
गोरखाका सागर अन्सारी अभिनित पछिल्लो चलचित्र ‘काले’ प्रदर्शनको लागि तयार भएपनि प्रदर्शनमा आउन सकिरहेको छैन । कलाकार अन्सारीले कालापानी, ग्याङ लिडर, यति धेरै मायाँ, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा आफुलाई स्थापित गराउँने ठूलो सपना बोकेर यस क्षेत्रमा लागेका सागर अन्सारी यतिबेला कलाकारितासंगै गोरखा बजारमा आफ्नै ब्यवसाय गरेर बसिरहेका छन् ।

