एल.पि. ग्यास उद्योग संघले आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट ग्यास बिक्रीवितरण गर्दै (सूचीसहित)



काठमाडौं,२६ असोज । नेपाल एल.पि. ग्यास उद्योग संघले चाडपर्वको अवसरमा उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर साटफेरको विशेष व्यवस्था मिलाएको छ ।

नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म बिहान ११ः०० बजेदेखि अपराह्न ०४ः०० बजेसम्म यो व्यवस्था मिलाइएको हो ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्र ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको जनाइएको छ । यद्यपि, चाडपर्वको समयमा कतिपय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेपछि उपत्यकामा बजारिकरण भइरहेका सबै ब्रान्डका सिलिन्डर साटफेर र बिक्रीको तालिका सार्वजनिक गरिएको हो ।

संघले तोकिएका स्थानहरूमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगहरूका ग्यास सिलिन्डर मात्र साटफेर हुने र ती केन्द्रहरूबाहेक अन्यत्र साटफेर नहुने स्पष्ट पारेको छ ।

एल. पि. ग्यास बिक्री वितरण हुने स्थान र सम्पर्क

(क) ग्यास एण्ड अक्सिजन ट्रेडर्स, सिफलचौर, काठमाण्डौ एभरेष्ट र सुगम (मोबाइल नं. ९८०१०९१२७७)

(ख) पेप्सीकोला, काटमाण्डौ सगर र एसटीसी (टेलिफोन नं. ०१५१५६२७४)

(ग)

बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी (मोबाइल नं.

९८०२९५०४१७।

(घ) सुकेधारा, काठमाण्डौ बाबा र श्री ग्यास (मोवाइल नं. ९८५१११३७०४)

कलंकी, काठमाण्डौ साइबाबा र श्रीकृष्ण (मोबाइल नं. ९८५१०६०१९२) (ङ)

(घ) हरिसिद्धि, ललितपुर श्रीराम (मोबाइल नं. ९८५११३७७३२)

चपली, बुढानीलकण्ठ भानु (मोबाइल नं. ९८६०३३३६०६) (छ)

(ज) हरिसिद्धि, ललितपुर नेपाल र एचपी (मोबाइल नं. ९८११२९६२१)

(झ) कलंकी, काठमाण्डौ गीता (मोबाइल नं. ९८०१९७७०८०)

(ञ)

आर. के. ट्रेडर्स खसीबजार, कलंकी काठमाण्डौ सीताश्री (मोबाइल नं. ९८५१२२०८८४)

(ट) सतुंगल, काठमाण्डौ श्रीमाया (मोबाइल नं. ९८५११०३०१८

प्रतिक्रिया दिनुहोस्