प्राविधिक सईसहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह
काठमाडौं,१० मंसिर । एकजना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।
लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना सई र एक जना असई, दुई जना हबलदार र १० जना प्रहरी जवान छन्।
उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१)को खण्ड (च) को १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको हो।
उनीहरुलाई आफू गैर हाजिर हुनुको मनासिब कारणसहित एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ।


