पृथ्वी राजमार्गको घोप्टेभीर खण्ड आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने



काठमाडौं,५ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्डको प आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन रोक्ने जनाएको हो।

सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खसिरहेको तथा पहिरोको उच्च जोखिम रहेकाले जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

सडक सुरक्षालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणको काम गरिने भएकाले उक्त समयमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक समय व्यवस्थापन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्