लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्तिबिरुद्द सर्बोच्चमा रिट


रिट निवेदनमा आनी छोइङसँग सम्बन्धित नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको जिकिर गरिएको छ। साथै, उक्त नियुक्ति बदर गर्न पनि माग गरिएको छ।
नियुक्तिको कानुनी वैधतामाथि न्यायिक परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न रिट दायर गरिएको अभियानले जनाएको छ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि भोलि बुधबार पेसी तोकिएको जनाइएको छ।


