नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (२.४० खर्ब) बराबरको सहयोग गर्ने मोदीको घोषणा
नयाँदिल्ली,७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा विकासका लागि भारतका तर्फबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (२.४० खर्ब) बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

नेपालको विकास, पूर्वाधार निर्माण तथा पुनर्निर्माणका कामलाई सहयोग गर्ने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो।भारतको यो घोषणाले नेपाल–भारतबीचको विकास साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
नेपालको पुनर्निर्माण र विकासमा भारतको ठूलो आर्थिक सहयोग घोषणा भएपछि यसको कार्यान्वयन, सहयोगको क्षेत्र र रकम उपलब्ध गराउने प्रक्रियाबारे चासो बढेको छ।


