‘विद्यार्थी जीवन र मेरो शैक्षिक अनुभव’



-नारायण अधिकारी

आमाबुबालाई आफ्ना छोराछोरीको चिन्ता हुनु स्वतः सिद्ध नै हो । त्यसमाथि, विद्यालयको वातावरणले विद्यार्थीको मानसिक, शारीरिक तथा सामाजिक स्वास्थ्यमा ठूलो भूमिका खेल्ने हुँदा विद्यालय जीवन एउटा चुनौतिको रूपमा देखापर्दछ।

म एक १६ वर्षे एक विद्यार्थी हुँ। मैले आफ्नो एस. ई. ई परीक्षा (Secondary Education Examination) Budhanilkantha-१२ मा अवस्थित प्रशान्ति एकेडेमीबाट (pass out) हालसालै स्वतः पास प्रक्रियामा परेको छु । नर्सरीदेखि कक्षा दससम्मको यात्रामा मैले राम्रो शिक्षामात्र होइन जीवन जिउन चाहिने कला, हाम्रो समाजको संरचना, चार भित्ताभन्दा बाहिरको संसार, नेतृत्व कौशल, अनुशासन, समयनिष्ठा आदि जस्ता अति महत्त्वपूर्ण कौशलहरु सिकेको छु । सुन्दा सायदै साधारण लाग्न सक्छन् यी कुराहरू तर जीवनको अति महत्त्वपूर्ण अंगहरू हुन् । प्रशान्तिले सधैँ किताबी ज्ञानलाई मात्र श्रेष्ठता दिएन । विद्यार्थीको शारीरिक विकास तथा सामाजिक व्यवहारको कलालाई विस्तार गर्न सधैँ अगाडि बढ्यो । यसै विद्यालयमा एक दशकभन्दा बढी समय बिताउँदा र यहीँबाट ज्ञान आर्जन गर्दा मेरो र विद्यालयबीच राम्रो सम्बन्ध त छदै छ साथै यहाँका शिक्षकहरूसँग पनि एउटै परिवारको सदस्य जस्तो सम्बन्ध गाँसिन पुगेको छ ।

समयको यो लामो यात्रामा मैले केके सिकेँ, केके पाएँ र केके दिएँ भनेर सबै कुरा शब्दमा भन्न कठिन नै छ । शैक्षिक सफलताको कुरा गर्दा मैले कक्षा दसमा हुँदा प्याव्सकद्वारा संचालित (Boostup examination) मा प्रथम स्थान साथै नेशनल प्याव्सनद्वारा संचालित (Pre-Sentup examination) मा पनि प्रथम स्थान नै हासिल गरेको थिएँ । प्रशान्तिले आफ्नो हरेक कार्यमा पालना गरेको सिद्धान्त “मलाई भन र म बिर्सन्छु, मलाई देखाऊ र मलाई याद हुन सक्छ, मलाई समावेश गर र म बुझ्दछु ।” ले नै गर्दा मैले सफलता हासिल गरेँ र विद्यालयको लागि पनि गौरवको पत्र बन्न सकेँ l अतिरिक्त पाठ्यक्रम गतिविधिहरू (E.C.A) मा पनि प्रशान्ति सधैँ अगाडि नै रहेको छ । विद्यालय भित्र विभिन्न क्लब (club) हरुमा काम गर्दा पाएको अनुभवले म भित्र आत्मविश्वासको वृद्धि भएको छ र म आफैँ पनि अहिले विभिन्न बाल क्लबको अध्यक्ष तथा सदस्य बन्न सफल भएको छु ।

प्रशान्तिले दिएको मैत्रीपूर्ण वातावरणले गर्दा विद्यार्थीलाई सिप आर्जन गर्ने क्रममा सजिलो हुने गर्दछ । यहाँका शिक्षकहरू सहयोगी भावका भएकाले शिक्षक र विद्यार्थीमा राम्रो अन्तरक्रिया हुने तथा राम्रो सम्बन्धको पनि विकास हुन्छ । शिक्षालाई किताबमा मात्र सीमित नगरी यहाँ विभिन्न प्रयोगात्मक (practical) कक्षाहरू, इलेक्ट्रोनिक कक्षाहरु (E-class) तथा स्थलगत भ्रमण (field visit) पनि गराइन्छ । प्रशान्तिले शैक्षिक क्षेत्रमा मात्र नभइ खेलकुद, नृत्य, गीतसंगीत, चित्रकला, जुडो कौशल (martial arts) जस्ता अतिरिक्त क्षेत्रमा पाएका सफलताले गर्दा यसको छुट्टै पहिचान बन्न पुगेको छ ।

मेरो विद्यालयप्रतिको प्रेम शब्दले वयान नगर्ला तर जुँगा चल्यो कुरा बुझ्यो भन्ने उखान पक्कै चरितार्थ गर्न सक्छु ।

“मेरो लागि त जीवन खेलको मैदान थियो,
अनि अपरिचित भेट्ने चौतारी,
घरपछि यहीँ ठाउँमा बाले ज्ञानको दियो,
ज्ञानप्राप्त गर्न यहीँ आए धेरै पटक भौतारी ।।

ज्ञान मात्र होइन असल मित्र पनि पाएँ,
मानवता हरायो होला भनेको यथार्थ शिक्षकहरुले सिकाए,
पहिलो पटक रुँदै आएको स्मृति नयनमा आए,
यहाँ बिताएका अविस्मरणीय क्षणहरु मनमा सजाएँ ।।”

प्रशान्ति मेरो लागि शिक्षाप्राप्तिको लागि भरपर्दो जगको रूपमा प्रमाणित भएको छ । मैले यहाँ गुणस्तरीय शिक्षाको साथै सहयोगी शिक्षा, असल मित्र, बाल मैत्री वातावरण, स्वतन्त्रता तथा आफू भित्र लुकेको कलालाई पनि प्रस्फुटन गर्ने अवसर पाएँ । त्यसैले अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई विद्यालय छनोट गर्दा पढाइका अतिरिक्त व्यावहारिक ज्ञान, सृर्जनात्मक कार्यहरु अनुशासन आदि कुराहरु राम्ररी बुझेर निर्णय गर्नु अत्यावश्यक होला भन्ने कुरा मैले महसुस गरेको छु।।।।

प्रतिक्रिया दिनुहोस्