प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता



नयाँ दिल्ली,६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ।

त्यसैगरी, नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्