लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
मोरङ,६ मंसिर । मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ साल कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको भन्ने जाहेरी प्राप्त भएको थियो।
घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटनाको सूक्ष्म अनुसन्धान तथा खोजतलासका क्रममा संलग्न व्यक्तिको पहिचान गरी प्रहरीले मंसिर ५ गते उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भनिने भुवानीप्रसाद लम्साल रहेका छन्। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


