तिनाउ नदीमा आएको बाढीले बगायो ६ वटा घर,२०० घर परिवारलाई सुरक्षित स्थानमा सारिंदै



बुटवल,११ असोज । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका- ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो।

लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्