‘सई’ हुँ भन्दै सहकर्मीलाई गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित



रौतहट,७ मंसिर । हराएको छोरा खोजिदिन प्रहरीलाई फोन गर्दा सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका छन्।

आफूलाई प्रहरी नायब निरीक्षक (सइ) बताउँदै हवल्दार सुरेशप्रसाद यादवलाई अपमानजनक शब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले महतोलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो।

यादवले १७ वर्षीय छोरा चन्दनकुमार हराएको जानकारी दिन प्रहरीको कन्ट्रोल रुममा फोन गरेका थिए। सञ्चार शाखामा पुनः फोन गर्दा ‘जय नेपाल’ नभनेको भन्दै महतोले गालीगलौज गरेको यादवको आरोप छ।
घटनाबारे छानबिन गर्न दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्