व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश



काठमाडौँ,२७ साउन । अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका दुवै जनालाई अर्को मुद्दामा थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो । दुवै जना (दीपक भट्ट र शुलभ अग्रवाल)को बयान र थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।

सोही प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्