लुक्लामा मौसम प्रतिकुल,तेञ्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित
केदार बस्नेत,काठमाडौं:सोलुखुम्बुको लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित बनेको छ।आज बिहानैबाट मौसम सफा नहुँदा तय भएको सबै उडान रद्ध गरिएको नेपाल नागरिक उड्ययन प्रधिकरण कार्यालय लुक्लाका प्रमुख उमेश चन्द्र पन्थीले जानकारी दिए ।
त्यस क्षेत्रमा बाक्लो हुस्सु लागेका कारण उडान तथा अवतरण हुन नसकेको कार्यालयका प्रमुख पन्थीले बताए। आजका लागि तयार भएका ५० उडान रद्ध भएको हो कार्यालयले रहस्य खबरलाई जानकारी गराएको छ।
उडान तथा अवतरण ठप्प हुँदा संघीय राजधानी काठमाडौ जाने नेपाली तथा बिदेशी पर्यटकहरु लुक्लामा नै रोकिएका तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए। सोमबार आज दिउँसो झन्डै ८० वटा हेलीकप्टरले मौसम सफा हुनका खातिर पनि उडान भर्न सफल भएका छन्। (फाईल तस्वीर)