अमेरिकाबाट नफर्किएपछी पदमुक्त भए देउवा
काठमाडौं,३ भदौ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवाको पदमुक्त भएका छन्।

मंगलबार प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि देउवा सांसद पदबाट मुक्त भएका हुन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा सभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद मुक्त गरिएको छ।
सभामुखले बुधबार प्रदेश सभा बैठकमा यसबारे औपचारिक जानकारी गराउनेछन्। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइने जोशीको भनाइ छ।
गत वर्ष जेनजी आन्दोलनपछि भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा हालसम्म नेपाल फर्किएका छैनन्। स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकामा उपचार तथा आराममा रहेको देउवाले प्रदेश सभा सचिवालयलाई गराएका थिए।
यसअघि अमेरिकामा रहे पनि देउवाले पछिल्लो ११ महिनाको तलब सुविधा पाइरहेका थिए। उनको खातामा पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत सात लाख ५३ हजार पाँच सय रुपैयाँ भुक्तानी भएको छ।
२०७९ सालको प्रदेश सभा निर्वाभचनमा कैलाली ५ ‘ख’ बाट निर्वाचित देउवा सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री पनि बनेका थिए। कांग्रेसका निवर्तमान सभापति देउवाका भतिज समेत रहेका उनी तत्कालीन नेपाल नफर्किन बुझिएको छ।

