बोलिभियामाथि अर्जेन्टिनाको शानदार जीत मेसीले गरे ह्याट्रिक
काठमाडौं:विश्वकप अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि शानदार जित हात पारेको छ।
एष्टाडियो मोन्युमेन्टल एन्टोनियो वेस्पुसियो लिबर्टीमा आज बुधबार बिहान भएको खेलमा कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाले बोलिभियालाई ६-० ले हराएको हो। अर्जेन्टिनाको जितमा मेसीले १९, ८४ र ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
लाउटारो मार्टिनेजले ४३औँ मिनेट र जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे। ७०औं मिनेटमा नुएल मोलिनाको क्रसमा थियागफ अल्माडाले गोल गरेका थिए । १० राष्ट्रसम्मेलित छनोटमा अर्जेन्टिनाको यो सातौँ जित हो।
जितसँगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेको छ । सातौँ स्थानमा रहेको बोलिभियाको भने समान खेलबाट १२ अंक छ।