मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त
काठमाडौं,२४ असार । मन्त्रिपरिषद्को बुधवारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ । २०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । २०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की […]










