भन्सार छली गरेर ल्याइएका ३५ थान आइफोन बरामद



काठमाडौं, १५ असार । भन्सार छली गरी ल्याउँदै गरेको ठूलो मात्राका आइफोन रुपन्देही प्रहरीले बरामद गरेको छ ।

जिल्लाको कोटहीमाईस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २० लाख ५० हजार रूपैयाँ मूल्य बराबरमा ३५ थान आइफोन बराबर गरेको हो । कोटहीमाई गाउँपालिका–२ बस्ने ३६ वर्षका पवन मुरावले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल यूपी ५६ डीएक्स ८८३८ नम्बरको मोटसाइकलसहित पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी चन्दको भनाइ छ ।

आइफोन १३ (१२८ जीबी) ७ वटा, आइफोट १२ (१७ वटा), आइफोन १२ प्रो म्याक्स २५६ जीबी २ वटा, आइफोन १३ २५६ जीबी १ वटा, आइफोन १३ प्रो म्याक्स २५६ जीबी १ वटा, आइफोन १४ प्रो २५६ जीबी १ वटा, आइफोन ११ (१२८ जीबी) ४ वटा र आइफोन १५ (१२८ जीबी) १ वटा रहेका छन् ।

यसअघि आइतबार इलाका प्रहरी कार्यालय, बेलहिया (सुनौली)बाट खटिएको टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा भारतबाट ल्याउँदै गरिएका २४ लाख बराबरका ३९ वटा आइफोन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्