प्राइम कर्मसियल बैंकले २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने



काठमाडौं,१५ असार । प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धन गरेको २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो।

आज सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जनरल मेनेजर नारायण प्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन्। यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाखमा बैंकले ६१.६६:३८.३४ को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्द्धक कम्पनीहरूबाट जुटाइने उल्लेख गरिएको छ।

उक्त आयोजनाबाट सुक्खायाममा ४.८६४ र वर्षा याममा ८.३१९ गरी जम्मा १३.१८ गिगावाट विद्युत उत्पादन गर्ने जनाएको छ। यो आयोजना १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्