नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक
काठमाडौं,२३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका लागि प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। मंगलबार सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव र अनिश्चितताकाबीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखाएको छ […]










