बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या,दुई जना पक्राउ
बारा,३ भदौ । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी भदौ १ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय […]










