सगरमाथा आरोहण गर्न नयाँ प्रावधान ल्याउने सरकारको तयारी
काठमाडौँ,२२ असार । सरकारले सात हजार मिटरमाथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ। राष्ट्रियसभा बैठकमा सोमबार आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा यस्तो प्रावधान राख्न लागिएको जानकारी दिए। सगरमाथामा आरोहणको चाप निकै […]










