भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइंदै
काठमाडौं। आज भाद्र कृष्ण अष्टमीका दिन हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा