यो भन्दा बढी लुट्ने र लुटिने ठाउँ देशमा अब बाँकी छैन : कांग्रेस नेता भण्डारी
काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश विभिन्न कोणबाट लुटिइरहेको बताउंदै अब यो भन्दा बढी लुट्न र लुटिने ठाउँ बाँकी नरहेको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सांसद समेत रहेका भण्डारीले सो टिप्पणी गरेका हुन्।देश विभिन्न कोण र विभिन्न पक्षबाट लुटिई रहेको भन्दै उनले प्रश्न गरेका छन्-‘अझ आफ्नै मातृभूमि लुटिंदा नबोल्नेहरूलाई दण्ड कस्तो होला ?’
उनले लेखेका छन् -‘मेरो देश विभिन्न कोणबाट विभिन्न पक्षबाट लुटिई रहेको छ ,अब योभन्दा बढी लुटिन र लुट्न ठाउॅ बाकी छैन ! स्मरण मात्र गराउन चाहन्छु हस्तिनापुरका संरक्षक भिष्मपितामहले आफ्नी कुलवधूको शिरच्छेदन ,वस्त्रहरण जस्ता अपमानमा मौन धारण गर्दा त्यसको पापस्वरूप बाणशैय्यामा कठोर पीडादायक दिनहरू बिताउनु परेको थियो !!! अझ आफ्नै मातृभूमि लुटिंदा नबोल्नेहरूलाई दण्ड कस्तो होला ?’

