सुभद्रा अधिकारीको मुक्तक सङ्ग्रह ‘शुभारम्भ’ बिमोचित



बनेपा।’हामी र हाम्रो कृति समूह’की कोषाध्यक्ष कृतिकार सुभद्रा अधिकारीको मुक्तक सङ्ग्रह ‘शुभारम्भ’बिमोचन गरिएको छ।

काभ्रे जिल्लाको बनेपास्थित अरनिको पार्टी प्यालेसमा
आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल लगायत आन्री बिशिस्ट अतिथि तथा अन्य अतिथिहरुले सो संग्रह बिमोचन गर्नुभएको हो।वरिष्ठ मुक्तककार, कथाकार एवं कुशल प्रशिक्षक राजन सिलवाल, वरिष्ठ साहित्यिक पत्रकार तथा जनमतका प्रधान सम्पादक मोहन दुवाल, लेखक तथा नागरिक आवाजको प्रधान सम्पादक मधुसुदन पाण्डे कार्यक्रमम बिशिस्ट अतिथि र अतिथिहरुमा साहित्यकार प्रा. डा. दिनेश पन्थी,वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, माधव प्रसाद अधिकारी, राम प्रसाद अधिकारी, श्याम प्रसाद पाण्डे र कृतिकारका श्रीमान जगत प्रसाद थपलिया रहनुभएको थियो।

अक्षरमार्गका सूर्य प्रसाद लाकोजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिमोचित कृति “शुभारम्भ”मुक्तकसङ्ग्रहको समीक्षा डा. सीता सुवेदी पन्थीले गर्नुभएको थियो भने समूहका तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपाल र बद्री उप्रेतीले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिँदै आगामी दिनमा हामी र हाम्रो कृति समूहको रणनीतिक योजनाबारे प्रकाश पार्नुभएको थियो ।

हामी र हाम्रो कृति समूहका वरिष्ठ सदस्य सुरेश राज वैद्यज्यूको असामयिक भएको निधनप्रति दुःख प्रकट गर्दै उहाँको सम्झनामा एक मिनेट मौनधारण गरी सुरू गरिएको उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु मध्यहरूबाट १४ जना स्रष्टाहरूले लोकार्पित कृतिबाटै मुक्तक वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्