कामरेडको सवारी -योगेश राल्फाली बन्दा बन्दीले तिरासीऔँ दिनसम्म गुम्सिएको बूढो ज्यान पिजडा फोडी उडेको स्वतन्त्र पंक्षी झैं स्वतन्त्रताको अनुभुती गर्दै सडक किनारमा थोत्रो रुमालको माक्स
वैरी टिपी काफल खान्छौं -रामेश्वर राउत मातृदास सारा किल्ला काँगडा छन हृदयमा ताजा वीर वीराङ्गनाका मनमा बज्छन बाजा वैरी टिपी काफल खान्छौं ऐंसेलुका काँडा अष्टभैरव दशदिक्पाल गर्जौं डाँडा काँडा युगौं
कफन -योगेश राल्फाली साथी, कामरेड १ हामी छुटेर पनि दशक कटिसकेछ काँधको बन्दुक झोलाको बम गोला कम्मरको खुकुरी मनभरीको आस्था तनभरीको बिचार गरुँङ्गो सपना शिरको कफन कृतिम नदिमा सेलाएर शहर
बाटोमा भेटाएको कथा –योगेश राल्फाली एक दिन सखारै डुल्न निस्कन्छु आधा बाटो पुग्छु रुवाईको कर्कस आवाज सुन्छु खोज्छु को रोयो भनी अहँ, कतै छैन खोजें चारैतिर । नजिकै फोहोरको डंगुर
म र घ्याङलेख -इन्दिरा वाईबा महाभारत चुचुरोको त्यो घ्याङ्लेख राजधानी सङ्ग जोडिएको जिल्ला सङ्गै साईनो गासिएको तर पृथ्वीको पल्लो कुना भन्दा फरक नपर्ने अनकन्टार त्यो भुभाग जहाँ इतिहासकै उत्पिडनमा परेको
बाको अन्तिम ईच्छा -योगेश राल्फाली सदा, फलैंचामा गलैंचामाथि बसेर व्यथाहरुको कथा सुनाउँने मेरो बा ! अचेल चुपचाप चुपचाप टोलाईरहेछ किन रु किन रुरु निशब्द भएर । विगत टिष्टाको कथा नालापानीको
मुक्तक अत्यन्त चोटिलो लघु कविता हो जसलाई चार हरफको बन्धनभित्र बाँधिएको हुन्छ । यो शास्त्रीय पद्यको एउटा श्लोक हो ।असाध्यै खँदिलो गरि भाव अटाएर लेखिने भएकोले यसलाई गागरमा सागर अटाउने
दर्बिलो आँट -योगेश राल्फाली घरिघरि आईरहन्छ छाईरहन्छ हिजो मोर्चामा युद्धमा लाम लागेका ती दिनहरु जित्दा हाँसेनौं हार्दा रोएनौं र त अनवरत लडिरह्यौ अनगिन्ती मोर्चाहरु युद्धको नियम भित्र रहेर । विविध
छोराको नक्शा -योगेश राल्फाली अचेल म सुत्नको लागि सुत्छु उठ्नको लागि सुत्छु विपना देख्न सुत्छु सपना देख्न सुत्छु एक्लै एक्लै सुत्छु अवधि कटाउन सुत्दा जीवन नकटोस भनी सुत्छु सुत्छु उठ्छु
मेरो प्यारो तेमाल तिमिलाई अभिवादन ! -अरुण घिसिङ सुनकोशी र रोशीखोलाको दिवार भित्र शैलुङ र महाभारतको बीचमा हिमालको हिउँ झैं मुसुक्क मुस्कुरांउदै सतिसाल झैं ठिङ्ग उभिएको मेरो प्यारो तेमाल तिमिलाई