कविता
बाटोमा भेटाएको कथा
–योगेश राल्फाली
एक दिन
सखारै
डुल्न निस्कन्छु
आधा बाटो पुग्छु
रुवाईको कर्कस आवाज सुन्छु
खोज्छु
को रोयो भनी
अहँ, कतै छैन
खोजें चारैतिर ।
नजिकै
फोहोरको डंगुर
देखें साथमा एक बालक
किन रोएको बाबू ? सोधें मैले
काका ! आज खाना छैनू उसले भन्यो
कहाँ यहाँ खाना पाईन्छ त ? मैले भनें
हो, काका !
यहाँ जहिल्यै जुठो भात फाल्ने गर्छ
तर आज छैन, म भोक्कै छु, काका !
भन्दै आँसु झार्छ उ ।
ममा दया पलायो
केही खाने कुरा किनेर दिएँ
आज त मैले दिएँ
फेरि।। फेरि।। अहँ मनले मानेन
सँगै ल्याएँ ।
सोधें उसलाई
तिम्रो आपा आमा खोई ?
घर कहाँ ? नाम के हो ??
जवाफमा
फुकायो उसले दुस्खको पोको
काका !
मेरो आपा दोरम्बामा मार्यो
दाइ कोखाजोरमा
दिदी बेथानमा
त्यही पीडाले आमा
बहुलाएर निस्कि
खोई कहाँ ? कहाँ ??
मेरो नाम काल्साङ !
काल्साङ पुनस् सोध्छ
काका !
यहाँ शान्ति तथा पूनर्निमार्ण मन्त्रालय छ हो रु
हो, छ भने मैले
त्यसो भए यो मन्त्रालयले
मेरो आपा, आमा, दिदी, दाइलाई
पुनः निर्माण गर्छ त ?
मलाई प्रश्नको झटारो हान्यो उसले
होईन बाबू ! युद्धमा बिग्रेको मात्रै बनाउँछ
मैले भनें ।
त्यसो हो भने काका !
मेरो आपा बिग्रेन त ?
मेरो दिदी, दाइ आमा…….?
हान्यो उसले प्रश्नै प्रश्नको वाण
केके-केके सोध्छ उ……….
मैले सुख पाइन
ढाँटौं, अहिले ढाँटेर
भविष्य यथार्थ बताउँनु छ
नढाँटौं आसु रोकिन्न उसको ।
हिजो आज त्यो
बाटोमा भेटाएको कथा
मेरो घरमा छ
उज्यालो भयो कि
आपा आमा सम्झि(सम्झि रुन्छ
रातमा एकैछिन निदाउँछ
छिन-छिनमा ब्यूँझन्छ
उ ब्यूँझ्यो कि काका ! भनी बोलाउँछ
मेरो आपा आमा बनाईदिने मान्छे छैन ?
भनी सोध्छ घरिघरि
हो, दुनियाँ !
त्यो काल्साङले भनी देखि
एउटा मान्छे खोज्दैछु म
कसले उसको आपा आमा
पूनर्निर्माण गरिदेला ?
हो, दुनियाँ निर्माण गरिदेउ
उसको आपा आमा
कसले सक्ला र खोई ?
हो, मेरो घरमा
एउटा कथा छ
बाटोमा भेटाएको कथा
पूरा गर्नुछ उसको सपना
हो, मसँग एउटा अभिभारा छ
काल्साङ ! काल्साङ !! काल्साङ !!!