कविता
वैरी टिपी काफल खान्छौं
-रामेश्वर राउत मातृदास

सारा किल्ला काँगडा छन हृदयमा ताजा
वीर वीराङ्गनाका मनमा बज्छन बाजा
वैरी टिपी काफल खान्छौं ऐंसेलुका काँडा
अष्टभैरव दशदिक्पाल गर्जौं डाँडा काँडा
युगौं भोका खुकुरीले खान खोजे खाजा
सारा किल्ला काँगडा छन हृदयमा ताजा
दिव्य देवभूमी नेपाल गोरखनाथको आली
सत्य धर्म न्याय विवेक बाली लाउँछिन काली
पूरै धरती सिङ्गै आकाश गोर्खालीको साझा
सारा किल्ला काँगडा छन हृदयमा ताजा
घाम जून मुस्कुराउँछौं त्रीशूलको शान
अन्यायी हो १ गोर्खालीलाई कालभनी ठान
स्वर्गबाट अप्सराले वर्षाउँछन लाजा
सारा किल्ला काँगडा छन हृदयमा ताजा
वीर वीराङ्गनाका मनमा !!!
# रारामा
वसिष्ठधाम , निर्झर दिलचेत , सिन्धुवस्ती
२०७७/०३/०३/०५