साहित्यकार शैलेन्द्रकुमार थापाका ‘स्मृतिभित्रका पानाहरू’ मुक्तकसङ्ग्रह र ‘विकृति विरुद्धको आवाज’ गजलसङ्ग्रह बिमोचित



काठमाडौं,६ भदौ । हामी र हाम्रो कृति समाजको २८औँ र २९औँ कृति शैलेन्द्रकुमार थापाको‘स्मृतिभित्रका पानाहरू’ मुक्तकसङ्ग्रह र’विकृति विरुद्धको आवाज’गजलसङ्ग्रह बिमोचन गरिएको छ ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा काठमाडौँको गोल्फुटारस्थित ताज बैङ्क्वेटको सेमिनार हलमा शनिबार सम्पन्न कार्यक्रममा ती दुई कृतिको बिमोचन गरिएको हो।वरिष्ठ साहित्यकार एवम् गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा,कांग्रेस नेता एबम् प्रतिनिधि सभा सदस्यद्वय अर्जुननरसिंह केसी र प्रकाश सिंह कार्की,वरिष्ठ साहित्यकार तथा अग्रज मुक्तककार उषा शेरचन,लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा,हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी लगायत अन्य बिशिस्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पौडेल लगायत अन्य बक्ताहरुले विमोचित कृति माथि सटीक विश्लेषण गर्दै थापाज्यूद्वारा लिखित ‘स्मृतिभित्रका पानाहरू’ मुक्तकसङ्ग्रह र ‘विकृति विरुद्धको आवाज’ गजलसङ्ग्रह साहित्यको भण्डारमा छुट्टै पहिचान बोकेको कृतिका रूपमा रहने कुरामा आफूहरू ढुक्क भएको कुरा प्रष्ट पार्नुका साथै विमोचित कृतिका कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी विमोचित कृतिका कृतिकार शैलेन्द्रकुमार थापाज्यूले कृति प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै विमोचन सभालाई सफल बनाईदिन उपस्थित हुनुभएका सम्पूर्ण महानुभावज्यूहरू प्रति आभार प्रकट गर्नुभएको थियो । लगभग १६५ जना साहित्यकार तथा समाजका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनु भएका मध्यहरूबाट केही सर्जकहरूले विमोचित कृतिबाट गजल र मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथिहरू साथै कृतिकारलाई संस्थाका अध्यक्ष नेपाल,प्रमुख अतिथि पौडेल र सचिव उप्रेतीले मायाको चिनो प्रदान गर्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष नेपालले कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

कृति भित्रका कतिपय रचनाहरु विभिन्न सर्जकहरुले बाचन गर्नुभएको सो कार्यक्रममा डा.भरत कुमार भट्टराई र डा. रेणुका सोलुले थापाका बिमोचित दुई कृतिको समिक्षा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्