गीत



बदनामीको टीका

शब्द रचना : टीका चाम्लिङ

पाइलैपिच्छे बाधा नाघी कसरी खै ! अघि बढ्नू
रहर मात्रै हुने हो कि आकाङ्क्षाको चुली चढ्नू

जाने जति सीप लगाई सबैसित बोल्न खोज्दा
मुटुभरि बिझाई राख्ने पीडाहरू खोल्न खोज्दा
पाइलैपिच्छे काँडा टेकी कसरी खै ! अघि बढ्नू
रहर मात्रै हुने हो कि आकाङ्क्षाको चुली चढ्नू

हुने जति बाटो समाई सपनाको गुम्बा धाउँदा
नपुगी नै गन्तब्यमा बदनामीको टीका लाउँदा
पाइलैपिच्छे आँसु पोखी कसरी खै ! अघि बढ्नू
रहर मात्रै हुने हो कि आकाङ्क्षाको चुली चढ्नू ।
२१ कार्तिक, २०७४ काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्