कविता



बाको अन्तिम ईच्छा

-योगेश राल्फाली

सदा,
फलैंचामा
गलैंचामाथि बसेर
व्यथाहरुको कथा सुनाउँने
मेरो बा !
अचेल
चुपचाप चुपचाप
टोलाईरहेछ
किन रु किन रुरु
निशब्द भएर ।
विगत
टिष्टाको कथा
नालापानीको वीरता
काँगडाको याद
सतलजको सम्झना
अनि
पूर्व मेची
पश्चिम महाकाली
बताएर
कहिल्यै नथाक्ने
मेरो बा !
एकोहोरो,
टोलाईरहेछ
बरबराईरहेछ
नालापानी भन्दै
कालापानी भन्दै
मेरो सतलज
मेरो सिक्किम
मेरो दार्जिलिङ
मेरो लिम्पिया
मेरो लिपु
मेरो कुटी
मेरो गुन्सी
मेरो नावी
केके केके भन्दै
बोलाउँदा टोलाउँछ
टोलाउँदा बोलाउँछ
जान्नेले पत्ता लागेन
डाक्टरले देखाएन
के रोग हो ?
अचम्म भो
मेरो घरमा ।
आवात जावत
निक्कै बाक्लिएको छ
बाको अवस्था हेर्न
कुरोको चुरो
के हो भनी कोट्याउँछु
जवाफ छैन
विकल्पमा एकदिन
रारा छेउ
सारा गाउँले बटुलें
र सोधें
निक्कै कष्ट साथ बालाई
अन्तिम ईच्छा के हो भनी ?
बलजफतले
बल्लतल्ल
मुख खोल्नु भो बाले
सारा गाउँलेलाई संबोधन गर्दै
छोारा ! हो
आज मेरो नशा नशामा
रक्त कण कणमा
सल्बलाईरहेछ
देश प्रेम
देश भक्ती
तर विरुद्धमा
चल्बलाईरहेछ
बिरोधीहरु
कालापानी खाने दाउमा
एमसिसि ल्याउने नाउँमा
हो, छोरा ! हो
आज सुन्छौ रु
सुन्नै पर्छ
मेरो अन्तिम ईच्छा
हाम्रो स्वाभिमान
डगमगाउन
हाम्रो सार्वभौम
लरखराउन
खुनी पञ्जाहरु
फिंजाउन खोजिरहेछ
खुनी नङ्ग्राहरु
चसचस घोचिरहेछ
म देख्न सक्दिन
मेरी आमाको
बलात्कृत दृश्य
फिटिक्कै सैय्य छैन
आमाको छटपटाहट
त्यसैले
छोरा ! हो
आजैबाट लाग
कालापानी जोगाउँन
एमसिसि भगाउँन
हैन भने
सुन मेरो अन्तिम ईच्छा
कि एमसिसि भगाउ
कि मलाई
हो, छोरा ! हो
म फिटिक्कै देख्न सक्दिन
एमसिसि…….
दुस्ख पाउने भो छोरा ! हो ।

प्रतिक्रिया दिनुहोस्