निर्ममतापूर्बक १२ बर्षीय बालकको हत्या गरेको आरोपमा गाई पक्राउ



काठमाडौं । अफ्रिकी देश दक्षिण सुडानको प्रहरीले एउटा गाईलाई पक्राउ गरेको छ । यो गाईले १२ वर्षीय बालकको निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।

प्रहरीले ‘अनुसन्धानपछि गाईमाथि लगाइएको आरोप साँचो पाइएमा लामो समय जेलमा बस्नुपर्ने’ बताएको छ । गाईसँगै यसको मालिक पनि पक्राउ परेका छन् । यो देशमा यसअघि पनि जनावरलाई यस्तो सजाय दिइएको थियो ।

प्रहरी प्रवक्ता मेजर एलिजा माबोरोले सञ्चारमाध्यमलाई भने, ‘गाईले फार्म नजिकै १२ वर्षीय बालकलाई कुचेर मारेको थियो। त्यसपछि प्रहरीले गाईलाई पक्राउ गरेको हो । गाईलाई प्रहरी चौकीमा निगरानीमा राखिएको छ । अहिले गाईमाथि लागेको आरोपको छानबिन भइरहेको छ ।’

सुडानको कानुन अनुसार गाई दोषी पाइएमा कडा परिश्रमको सजाय हुनेछ । उसको दूध जेलका सिपाहीहरूलाई उपयोगी हुनेछ। प्रहरीले गाईलाई पक्राउ गरेर आफ्नो कर्तव्य पूरा गरेको बताएको छ ।

दक्षिण सुडानमा विगतमा पनि जनावरहरू पक्राउ परेका छन्। केही दिन अघि एक महिलाको हत्या गरेको आरोपमा भेडा पक्राउ परेको थियो । त्यसपछि उसलाई ३ वर्षको जेल सजाय सुनाइएको थियो । दण्डको समयमा भेडाबाट सैन्य शिविरको काम पनि गराइनेछ।

यसबारे पशु अधिकारकर्मीहरूले प्रश्न गरेपछि प्रहरीले आफ्नो औपचारिक बयानमा भनेको छ, ‘यस घटनामा भेडाको मालिकको कुनै गल्ती छैन, पूरै दोष पशुको हो र हाम्रो अनुसन्धानमा भेडाले जानाजानी मारेको पत्ता लागेको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्