हात्तीको आक्रमणबाट झापामा दुईजनाको मृत्यु
झापा,३ साउन । झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातकालीन पदयात्रामा बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गर्दा घाइते ७० वर्षीया लजुना खातुनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्ड्सी अस्पताल लैजाँदै गर्दा बाटामै र ७३ वर्षीय झक्कु राजवंशीको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।


