पहिरोका कारण कलाकार अन्सारीको पसलमा क्षति



गोरखा,११ असोज । शुक्रबारदेखिको लगातारको वर्षाले देशका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मनसुनसहित पश्चिमी वायुको प्रभावका कारण निरन्तर झरी परिरहेकोले पसल माथीबाट आज बिहान आएको पहिरोले कलाकार सागर अन्सारीको गोरखा, बैकरोड स्थित कपडा पसलमा क्षतिपुगेको छ ।

श्रीमती सहित आफु दाँतको उपचारको लागि चितवन, भरतपुर रहेको र पसलमा दुई छोरामात्र रहेको अवस्थामा अचान माथिबाट पहिरो खसेर क्षति पुगेको अन्सारीले बताए ।

स्थानीय जनपथ प्रहरीका डिसपी राजकुमार श्रेष्ठको नेतृत्वका जवान, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आफ्‌ना दुई छोराको उध्दार गरिएको उनको भनाइछ ।

प्रतिक्रिया दिनुहोस्