एमाले स्थायी कमिटी बैठक मंगलबार बस्ने
काठमाडौं,३० कार्तिक । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको हो।

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ। भेलाको तयारीबारे आवश्यक निर्णय लिनको लागि अध्यक्ष केपी ओलीले बैठक राखेका हुन्।
भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने बस्ने तय भएको छ। भेला र बैठकपछि एमाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने तयारी गरेको छ।


