एकै बर्ष ९ वटा बच्चा जन्माउंदै ब्रिटेनका अवकाशप्राप्त ६६ बर्षीय यी शिक्षक
ब्रिटेनका अवकाशप्राप्त शिक्षक ६६ वर्षीय क्लाइभेस जोन्सले आफूले शुक्राणु दान गरेर हालसम्म १२९ बच्चाको बुवा बनेको दाबी गरेका छन् ।
डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार जोन्सले ५८ वर्षको उमेरदेखि शुक्राणु दान गर्न शुरू गरेका थिए । उनले यसैवर्ष ९ बच्चा जन्मिन लागेका बताएका छन् ।
उनी आफ्नो शुक्राणु निःशुल्क दान गर्ने गर्छन् । उनले अनुमतिप्राप्त क्लीनिकमा गएर शुक्राणु दान गरेको नभई फेसबूकका माध्यमबाट दान गरेका छन् । त्यसैले स्वास्थ्य विशेषज्ञले उनलाई चेतावनी दिएका छन् । तर जोन्सले आफूले शुक्राणु दान गर्दा कैयौ परिवारमा खुशी छाएको दाबी गरेका छन् ।
उनले भने, ‘सम्भवतः म संसारमा सबैभन्दा बढी बच्चा जन्माउने व्यक्ति हुन सक्छु । म आगामी केही वर्षसम्म यस्तो गर्न सक्छु । तबसम्म १५० सम्म बच्चा भइसक्नेछन् । मलाई धेरै क्लीनिकको बारेमा थाहा छ, जहाँ शुक्राणु दान हुँदैन, बिक्री हुन्छ । मलाई धेरै आमा र बच्चाको फोटो आउँछ, जब उनीहरूले मलाई म्यासेज गर्छन्, मलाई खुशी लाग्छ ।’
शुक्राणु दान गरेका जन्मिएका २० बच्चासँग उनले व्यक्तिगत रूपमै भेटघाट गरिसकेका छन् ।
एजेन्सी