एउटा यस्ता प्रेमी जसले मरेपछि पनि पूरा गरिदिए प्रेमिकाको सपना,शबसंगै गरे विवाह



एजेन्सी– जु शिनानको एउटा सपना थियो, आफ्नी प्रेमिकाको दुलही बन्दा लगाउने कपडा किनिदिने । यो उनकी प्रेमिकाले लामो समय देखि बनाएको अर्को सपना थियो । पूर्वी चीनका जुले विवाह गर्दै थिए, याङ लियुसँग ।

यी दुईले सन् २०१३ मा विश्वविद्यालयमा भेटेपछि जीवनका अनेक योजना बनाएका थिए । ३५ वर्षे जु र ३४ वर्षे याङले बनाएका सपना चाहिँ पूरा हुन पाएनन् । तर, जुले उनकी प्रेमिकाको सपना उनको अन्तिम संस्कारमा पूरा गरिदिए ।

खासमा यी दुईले विवाहका लागि अदालतमा निवेदन दिएका थिए । अदालतले यी दुईलाई अनुमति पनि दिएको थियो । तर, तत्काल याङमा स्तन क्यान्सर देखियो । बिमारी पत्ता लागेपछि चार वर्षसम्म याङले सर्जरी र किमोथेरापी गरिन् । उनले क्यान्सरलाई जितिन् । तर, फेरि एक वर्षपछि उनमा क्यान्सर देखियो ।

यसपटक उनले क्यान्सरलाई जित्न सकिनन् । १४ अक्टोबरमा उनको मृत्यु भयो । त्यसपछि पनि जुले आफ्नी प्रेमिकाको साथ छोडेनन् ।

जुले आफ्नी प्रेमिका अस्पतालमा भर्ना हुनुभन्दा पहिले नै आफ्नो लागि विवाहको कपडा छानेको थाहा पाएका थिए । उनले त्यही कपडा याङको अन्तिम संस्कार ल्याए र वरपर १६९ गुलाबका फूल राखे । उनले विवाह नै गरे । अनि विवाहको भाषणमा उनले भने, ‘मेरी प्यारी श्रीमती नआत्तिनु, म अबको जीवन ठूलो दुःखमा बिताउने छु तर मैले हिम्मत हारेको छैन ।’

यो कुरा अहिले चीनको सामाजिक सन्जालमा निकै छाएको छ ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्