पिसाब फेर्ने बाहानामा कोरोना अस्पतालबाट संक्रमित फरार



बुटवल,१२ पुस । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट भर्ना भएका एक जना बिरामी फरार भएका छन् । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पिसाब फेर्न भनेर शौचालय गएका बिरामी भागेका हुन् ।

गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ । डा. थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’

डा. थापाले प्रहरीको सहयोगमा खोजी भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्