पोपले कामुक फोटोमा लाइक गरेपछि…..



काठमाडौं, मङ्सिर ११ – क्रिस्चियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट एक ब्राजिलियन मोडेलको तस्वीरमा लाइक हानिएपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।

भ्याटिकनले इन्स्टाग्रामसँग प्रष्टीकरण सोध्दै आखिर पोप फ्रान्सिसको आधिकारिक अकाउन्टबाट ब्राजिलियन मोडेल नतालिया गेरिबोटोको तस्वीरमा कसरी लाइक गयो ? भन्ने जवाफ माग गरेको छ । साथै यो मामिलाको जाँच गरिरहेको पनि भ्याटिकनले जनाएको छ ।

पोपको आधिकारिक अकाउन्टबाट नतालियाको अंग प्रदर्शनयुक्त तस्वीरमा कुन मितिमा लाइक बटन थिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।

पोपको अकाउन्टबाट लाइक गरिएको तस्वीरमा नतालियाले स्कूल युनिफर्मसँग मिल्दोजुल्दो ड्रेस लगाएकी छिन् ।

नतालियाको म्यानेजमेन्ट कम्पनीलेचाहिँ पोपको अकाउन्टबाट लाइक गरिएको उक्त तस्वीरलाई पुनः पोष्ट गर्दै उनलाई आधिकारिक रुपमा पोपको आशिर्वाद मिलेको उल्लेख गरेको छ । नतालियाले पनि अब आफू पक्का स्वर्ग जानेवाला भएको टिप्पणी गरेकी छिन् ।

ब्राजिलियन मोडेल नतालियाका इन्स्टाग्राममा २४ लाख फलोअर्स छन् ।

पोप फ्रान्सिस पनि सोसल मिडियामा निकै लोकप्रिय छन् । इन्स्टाग्राममा उनका ७४ लाख फलोअर्स छन् तर उनले कसैलाई पनि फलो गरेका छैनन् ।

भ्याटिकनका अनुसार पोपको आधिकारिक सोसल मिडिया चलाउनका लागि केही व्यक्ति सम्मिलित एक टिम बनाइएको छ । पोप आफैँले भने कुनै पनि सोसल मिडिया चलाउँदैनन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्