एउटा यस्तो बिरालो जस्ले खाइरहेको छ,अस्पतालमा सेक्युरिटी गार्डको जागीर



एजेन्सी । मानिसहरुले जनावरलाई घरमा पालेर सिकाएको हरेक कुरा जोनेका हुन्छन् । बिरालो, कुकुर लगायतका जनावरलाइ सिकाएमा बफादार भएर काम गर्ने गर्छन् । कुकुर कति बफादार हुन्छ भन्ने त जोकोहीलाई थाहा नै छ । हामिले कुकुर जस्तै बिरालो पनि घरमा पाल्ने गर्छौं । बिरालोले पनि घरको राम्रो रेखदेख गर्ने गर्छ । यस्तै एक अनौठो बिरालो छ, जसले सेक्युरिटी गार्डको जिम्मेवारी नै समालेको छ । तपाईलाई पत्यार नलाग्ला, तर अष्ट्रेलियामा एक बिरालोले अस्पतालमा सेक्युरिटी गार्डको जागिर खाएको छ ।

अहिले धेरैले कोरोनाभाइरसको त्रासका कारण जागिर पनि छाडेका छन् । यस्तो अवस्थामा अस्पतालमा बिरालोलाई सेक्युरिटी गार्डको जागिर दिइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इलवुड नामको बिरालोलाई अष्ट्रेलियाको इप वर्थ अस्पतालमा जागिर दिइएको हो । अहिले यस बिरालोले अस्पतालमा राम्रो डिउटी निभाइरहेको छ । उसको घाटीमा पनि कार्ड लगाइएको छ । पछिल्लो समय बिरालोले सेक्युरिटी गार्डको रुपमा जागिर खाएका चर्चा सामाजिक सञ्जालमा निकै छ ।

प्रतिक्रिया दिनुहोस्