बेलायतमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्मक



एजेन्सी १७ असार । बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्मक नतिजा पाएको जानकारी दिएको छ ।

यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पंजीकरण भएको जानकारी दिए ।

यद्यपि, उनले भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन् किनभने यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुनेछ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्