मकवानपुरकाे महादेवटारस्थित सुरुङको आज `ब्रेक थ्रु´ हुँदै



काठमाडौं,२ मंसिर । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङको आज `ब्रेक थ्रु´ हुँदैछ ।

सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने तयारी छ । यसका लागि राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान साढे ९ बजे महादेवटार पुग्ने छन् ।

मकवानपुरको भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ ।

तराई/मधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङ हो । यसको लम्बाई ३.४४५ किमि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्