हिजबुल्लाहलाई ‘आतंकवादी’ सूचीमा राख्दै जर्मनीले लगायो प्रतिबन्ध
जर्मनी १८ बैशाख । जर्मनीले हिजबुल्लाह समूहलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाएको छ । साथै उक्त समूहलाई जर्मन सरकारले ‘आतंकवादी’ सूचीमा राखेको छ ।
बिहीबार यहाँको गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार लेबननस्थित हसन नसरल्लाहको नेतृत्वमा सञ्चालित राजनीतिक समूहका शंकास्पद व्यक्तिहरुलाई पक्राउ गर्न भन्दै प्रहरीले बिहीबार खोजी तीव्र बनाएको थियो ।
अधिकारीहरुका अनुसार १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु जर्मनीमा छन् । हिजबुल्लाह आफैँमा अतिवादी समूह नभएको पनि बताइन्छ । यसले पृथकतावादलाई स्वीकार गरेको पनि छैन ।
जर्मन प्रहरीले भने हिजबुल्लाह निकटहरु धेरै रहेका सहरमा अनुसन्धान तीव्र बनाएको थियो । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजबुल्लाहका गतिविधिले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेका छन्, र उक्त संगठन अन्तर्राष्ट्रिय मान्यता विपरीत चलेको छ, ।’
यही महिनाको सुरुमा अमेरिकाले हिजबुल्लाहका कमाण्डर शेख मोहम्मद अल कठवरानीबारे सूचनाका लागि १० मिलियन डलर दिने भन्दै आह्वान गरेको थियो । शेख अमेरिकाबाट हत्या गरिएका इरानी जनरल कुसम सोलेमनीका मित्र थिए । हिजबुल्लाहलाई अमेरिकाले भने यसअघि नै ‘आतंकवादी’ सूचीमा राखिसकेको छ ।एजेन्सी