‘ट्रम्प राजा होइनन् राष्ट्रपति हुन्, हामी उनको भनाईबाट प्रतिबन्ध हटाउन सक्दैनौ’



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्दमा न्युयोर्क लगायतका राज्यका गभर्नर खनिएका छन् । न्युयोर्कमा मात्र १० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण ज्यान गइसक्दा पनि त्यहाँ लगाइएको प्रतिबन्ध खोलेर जनताको जीवनमाथि खेलवाड गर्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पमाथि त्यहाँका गभर्नर एन्डू कुमोले चर्को विरोध गरेका हुन् । उनलाई अन्य आधा दर्जन राज्यका गभर्नरहरुले समेत साथ दिएका छन् ।

This combination of two file photos shows New York Gov. Andrew Cuomo on Feb. 14, 2019, and President Donald Trump on April 17, 2018. New York’s Democratic governor told reporters Wednesday, Feb. 26, 2020, that the Republican president is punishing blue states, including New York, over their politics as the president runs for re-election. (AP Photo/Seth Wenig, Cuomo; Pablo Martinez Monsivais, Trump, File)

यति धेरै मानिसहरुको ज्यान गैसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ लगाइएको प्रतिबन्ध हटाउन खोजिएको र संक्रमण नियन्त्रण गर्न बेवास्ता गरेको भन्दै अहिले त्यहाँ उनको सर्वत्र विरोध भैरहेको छ । न्युयोर्कका गभर्नर कुमो राष्ट्रपति ट्रम्पको विपक्षमा उभिएका छन् । सुरुदेखि नै राष्ट्रपति ट्रम्पले न्युयोर्कमा प्रतिबन्ध खुल्ला गर्नेतर्फ संकेत गरेका थिए ।

मंगलबार राष्ट्रपति ट्रम्पको उक्त कदमको तिव्र विरोध गर्दै गभर्नर कुमोले भने, ‘ट्रम्प राजा होइनन्, राष्ट्रपति हुन्, हामी उनको भनाईबाट प्रतिबन्ध हटाउन सक्दैनौ ।’ उनले भने,‘यदि ट्रम्पले मलाई प्रतिबन्ध हटाउन आग्रह गरे भने म त्यस्तो काम गर्न सक्दिन, मेरो यसमा स्पष्ट अडान छ । यस्तो कामले जनताको जीवनलाई खतरामा पार्दछ । यो डरलाग्दो समयमा हामीले तानाशाही मनोवृत्तिबाट अलग रहनुपर्छ ।’ उनले ट्रम्प अमेरिकाका राष्ट्रपति भएको तर राजा नभएको बताउँदै आफुले सँगै काम गर्न चाहेको बताए । उनले भने, ‘यस भाइरसले कुनै अमेरिकन, डेमोक्रयाट वा रिपब्लिकन भन्दैन, अहिले सचेत हुनुपर्छ, राजनीति पछि पनि गर्न सकिन्छ ।’ राष्ट्रपति ट्रम्प न्युयोर्क लगायतका राज्यहरुमा लगाइएका प्रतिबन्धहरु खुलाएर आर्थिक गतिविधि सुरु गर्ने पक्षमा छन् । तर राज्यहरुले भने कोरोना संक्रमण नियन्त्रण गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

पूर्वी र पश्चिम तटीय राज्यहरुले त सरकारको विरुद्दमा गठबन्धन समेत बनाएका छन् । राष्ट्रपति ट्रम्पले यसलाई विद्रोहको संज्ञा दिँदै आएका छन् । यही कुरा बुझेर राष्ट्रपति ट्रम्पले सोमबार राज्यका गभर्नरहरुलाई अप्रत्यक्ष रुपमा धम्की दिँदै भनेका थिए, ‘राष्ट्रपतिको रुपमा म प्रतिबन्ध खोल्ने आदेश पुनः दिन सक्छु ।’ तर ‘न्युयोर्क टाइम्स’ ले संविधानविदहरुको भनाईलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पसँग त्यस्तो अधिकार नभएको दाबी गरेको छ । अमेरिकाका ७ वटा राज्यका गभर्नरहरुले राष्ट्रपति ट्रम्पलाई चुनौती दिइरहेका छन् । न्युयोर्क, न्यु जर्सी, रोड आइल्यान्ड, कनेटिकट, डेलावेयर, म्यासाचुसेट्स र पेन्सिलभेनिया राज्यका गभर्नरहरुसँग ट्रम्पको टकराव देखिएको हो ।

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या १ लाख २० हजार भन्दा बढी पुगेको छ । मंगलबार साँझसम्मको तथ्याँकअनुसार विश्वभर मर्नेको संख्या १ लाख २० हजार ४ सय ३८ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या १९ लाख ३४ हजार ९ सय ७६ पुगेको छ । । यद्यपि, तथ्याँक संकलक साइट वल्ड्रो मिटरले भने यो भन्दा बढी तथ्याँक प्रस्तुत गरेको छ । अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ५ लाख ८७ हजार १ सय ७३ जना संक्रमितहरु पुष्टि भएका छन् भने त्यहाँ २३ हजारभन्दा बढी मानिसको ज्यान गएको छ । अमेरिकाको न्युयोर्कमा मात्र १० हजारभन्दा बढीको ज्यान गएको छ । (दैनिक भाष्करबाट

प्रतिक्रिया दिनुहोस्