परराष्ट्र मन्त्रालय पुगेर पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले गरे शोक पुष्तिकामा हस्ताक्षर



काठमाडौं,१७ भदौ । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय तथा व्यापक भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत खानले बुधबार परराष्ट्र मन्त्रालयमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।

दूतावासले दिएको जानकारीअनुसार राजदूत खानले भोटेकोशी नदीको बाढीबाट भएको दुःखद मानवीय र व्यापक पूर्वाधारको क्षतिप्रति पाकिस्तान सरकार तथा जनताको तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन्।दुःख र पीडाको यस घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध रहेको उल्लेख गरेको पनि दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्