२७ वर्षीया युवतीले गरिन् १०३ वर्षीय वृद्धसँग विवाह



एजेन्सी । जकार्ता–इन्डोनेसियामा बस्दै आएका १ सय ३ वर्षीय पुआङ कट्टेले करिब ७६ वर्ष कान्छी अर्थात् २७ वर्षीया महिलासँग विवाह गरेर विश्वभरिमा चर्चाको विषय भएका छन् । मिडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइँमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । तर, दुलाहाको उमेर १ सय वर्ष नाघिसकेको भन्ने उनलाई थाहा थियो ।
विवाहपछि जब दुलाहा–दुलहीको उमेरको बारेमा खुलासा भयो, तब सबै अचम्मित भए । दुलाहा बनेको पुआङले केटी पक्षलाई दाइजो समेत दिएका थिए । उनले ४० हजार रुपैयाँ र एउटा सुनको औंठी दिएर महिलासँग विवाह गरेका थिए ।
लिन्टास आई न्युजका अनुसार वृद्ध पुआङको महिलासँग महिलाले आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेपछि भेट भएको थियो । उक्त समयमा केटाले महिलालाई धोका दिएको थियो ।
यसपछि दुवैबीच सामीप्यता बढ्यो र शारीरिक सम्बन्ध पनि भयो । महिलाले आफु गर्भवती भएको पाइन् । यसपछि उनले विवाह गर्ने फैसला गरिन् । स्थानीय मिडियाका अनुसार पुआङको नयाँ पत्नीको यो दोस्रो विवाह हो । उनले आफ्नो पतिसँग सम्बन्ध–विच्छेद पनि गरिसकेकी थिइन् । किनकि उनको पहिलो पतिले उनलाई अपमान गर्थे ।

प्रतिक्रिया दिनुहोस्