बाख्रा चोरलाई यस्तो सजाय



एजेन्सी– भारतको त्रिपुरामा ४१ वर्षपछि बाख्रा चोरले सजाय पाएका छन् । त्यति बेला बाबुसँग मिलेर बाख्रा चोरेका ५८ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चिया बगानमा काम गर्ने बच्चु कौलविरुद्ध स्थायी गिरफ्तारी वारेन्ट जारी भएको थियो । त्यसैले उनलाई प्रहरीले पक्राउ गरेको हो । एक प्रहरी अधिकारीले उनलाई अदालतमा पेश गरिने र हिरासतमा राखिने भारतीय मिडियालाई जनाएका छन् । उनले सन् १९७८ मा बाबुसँग मिलेर एउटा बाख्रा चोरेका थिए । उनका बाबुको १८ वर्षअघि नै निधन भइसकेको छ । त्यति बेला उनीहरुले चोरेको बाख्राको मूल्य ४५ रुपैयाँ थियो । यसलाई अहिलेको ३ हजार रुपैयाँसँग तुलना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्