राष्ट्रियसभा सदस्य शेर्पालाई नेकपा एमाले सोलुखुम्बुको सम्मान
सोलुखुम्बु। नेकपा एमाले सोलुखुम्बुले राष्ट्रियसभा सदस्य सोनामग्याल्जेन शेर्पालाई सम्मानित गरेको छ । नेकपा एमाले जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकका अवसरमा बिहिवार अध्यक्ष डुफकुमार बास्तोलाले शेर्पालाई कदरपत्रसहित सम्मानपत्रले सम्मानित गरेका हुन।