नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ
काठमाडौं,८ फागुन । दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन्। एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर-७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ।