सेनाको हेलिकप्टरद्वारा थुलुङ दुधकोशीकी सुत्केरी महिलासहित नवजात शिशुको उद्दार



सोलुखुम्बु,२५ जेठ । राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत सोलुखुम्बुकि एक सुत्केरी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका कांगेलकी हेम कुमारी कार्की (भारु) र उनका नवजात शिशुलाई सोमबार उद्दार गरि काठमाडौं पठाइएको छ ।

फाप्लु अस्पतालमा सुत्केरी भएकी कार्की र उनका नवजात शिशुको स्वास्थ्य अवस्थामा जटिलता उत्पन्न भएपछि नेपाली कांग्रेसका युवा नेताद्वय नवीन थापा र अश्विन बाबू थापाको विशेष सक्रियतामा जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुमार्फत काठमाडौं पठाइएको गाउँपालिकाको वडा नं २ कांगेलका वडा सदस्य नवीन बस्नेतले जानकारी दिए।

उद्दार गरिएका कार्की र नवजात शिशुको हाल काठमाडौंकफाओ थापाथलीस्थित प्रसुती गृहमा सघन उपचार भइ रहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्